बन्द ढोका पछि आमा रुन्थिन क्या र?
बाबा पनि लडे छ्यासी मा,
अध्हुरो सपना सजौत्हीं सबै क्या र?
छोरो पनि फर्केन आज |
यो अनन्त रात को उज्याली कहाँ छ र?
बिहानी न आइ फर्की आउँछ सांझ |
फर्की आऊ चरी,
जता छौ तिमि,
लैजाऊ मलाई त्यहि,
ल्याईँ आँऊ बिहानी |
धेरै आएँ, धेरै गएँ छोडेर,
जीवनको नौलो उमंग चुडेर
कति भोकै, सबै दुखि, छ न् अब त
के दुखै हो जिवन मात्र?
खै त्यो लाली, हरियाली फर्की आऊ न
जिवन को रेल चलि रहोस न
पहाड का छोरा छोरी पलि बढोस् न
हिउदो पछि वसन्त आऊ न
उडेको चरी अब फर्की आऊ न
मलाई तिमिसित लैजाऊ न |
Comments
Post a Comment